सिरहामा कोरोना संक्रमित २३ वर्षीय युवकको मृ’त्यु

  झझल्को न्युज डेस्क  292 पटक हेरिएको

२३ साउन, सिरहा ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका सिरहाका एक जना युवाको मृ’त्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय अशोक महतोको बुधबार धरानमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

उनको श’व सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

उनका अनुसार मृ’तक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलोसिस गराउँदै आएका थियो।

‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो।

पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो,’उनले भने ।

सिरहामा कोरोना संक्रमणबाट मृ’त्यु हुने पहिलो व्यक्ति हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार