काठमाडौं । पछिल्लो समय काठमाडौं लगाएतका जिल्लामा अपराधीक क्रियाकलापहरु बढ्दै गएको छ । शनिबार राजधानीका दुई ठाउँमा चोरी तथा लुटपाट भएका छन् ।
राजधानीको ठमेलस्थित सडकबाट एक व्यक्तिको एक लाख रुपैयाँ लुटिएको छ । सतुंगल बस्ने मकवानपुरको भिमफेदी–२ का ३८ वर्षीय नवराज गौतमको साथमा रहेको नगद १ लाख रुपैयाँ शनिबार २ जना अपरिचित व्यक्तिहरुले लुटेर मोटरसाइकलमा फरार भएका छन् । पैसा रहेको झोला लुटिएको पीडितले जनाएका छन्।
त्यस्तै चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नोजबहादुर बुढाथोकीको घरमा मुलढोकाको ताला फोडेर दराजभित्र रहेका करीव २ लाख ८७ हजार रुपैयाँ मुल्य बराबरका सुनका बिभिन्न गरगहना शुक्रबार चोरी भएको छ ।