पार्टीको नेतृत्व परिवर्तन हुँदैनः बालकृष्ण खाण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले विरोध गर्दैमा पार्टीको नेतृत्व परिवर्तन नुहने स्पष्ट पार्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुने नेता खाणले बिरोधले नेतृत्व परिवर्तन हुन नसक्ने स्पष्ट पार्नुभएको हो ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पराजय भोगेसँगै पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने माग उठिरहेकाबेला खाणको यस्तो भनाई आएको हो ।

न्युज २४ सँगको कुराकानीमा उहाँले पार्टी पराजयको कारण खोज्न केन्द्रीय समिति र महासमिति बैठक बोलाउने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

विधि र प्रक्रियाबाट मात्र नेतृत्व फेरिन सक्ने उहाँको भनाई थियो । उहाँले सडकबाट नेतृत्व परिवर्तन हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले पार्टी पराजयको समिक्षा गर्दै सबै नेतृत्वले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार