तुल्सीपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित प’क्राउ

  झझल्को सम्वाददाता  414 पटक हेरिएको


१७ साउन,काठमाडौं ।
तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार