विप्लव नेकपाका रुपन्देही इन्चार्ज पुनसहित १० नेता कार्यकर्ता पक्राउ

  झझल्को सम्वाददाता  234 पटक हेरिएको

१६ साउन, बुटवल ।
सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका १० जना नेता कार्यकर्ता बुटवलमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन्।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले उनीहरूले बुटवलमा रहेर सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको पाइएकोले पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको जनाएको छ।

स्थानीय सुकुम्बासी संग छलफलमा सहभागी भईरहेका बेला प्रहरीले विशेष सुचनाका अधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार