थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

  झझल्को सम्वाददाता  257 पटक हेरिएको

१६ श्रावण , काठमाडौं ।
नेपालमा आज थप दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

योसँगै अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको हो।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निको भएका छन् ।

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ ।

योसँगै अहिलेसम्म तीन लाख ७५ हजार चार सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १२ हजार एक सय ११ जना क्वरेण्टीनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार