काठमाडौं उपत्यकामा थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टी

  झझल्को न्युज डेस्क  539 पटक हेरिएको

१६ श्रावण,काठमाडौं ।
काठमाडौं उपत्यकाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन्।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार