आज थप २१० जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को न्युज डेस्क  363 पटक हेरिएको

१४ असार, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बुधबार २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमध्ये काठमाडौंमा १४ र भक्तपुरमा १ गरी उपत्यकामा नयाँ संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढी रौतहट र कैलालीमा कोरोना संक्रमित भेटिएका छन् ।

५ वटा जिल्ला संक्रमणशून्य अवस्थामा रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४६ जना कोरोनामुक्त भएका छन् । हालसम्म १४ हजार २१ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार