स्याङ्जाका प्रहरी प्रमुखसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

  झझल्को न्युज डेस्क  294 पटक हेरिएको

१२ श्रावण, पोखरा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुखसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कँडेलसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ देखिएको हो ।

स्याङ्जाका प्रमुख एसपी विमलराज कँडेलसहित२१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारभित्र कडाई गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

यसअघि साउन ६ गते दुई हवल्दार र एकजना सिपाहीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरी कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो ।

दुईपटक गरेर एसपीसहित एकसय जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो ।

त्यसमध्ये १७ पुरुष र एक महिलामा सोमबार पोजेटिभ देखिएको हो ।

पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएकोमा १८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको सम्पर्कमा आएकाको खोजी थालिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

परीक्षणका लागि पोखरा ल्याइएका स्वाबमध्ये ६० जनाको रिपोर्ट आउन अझैँ बाँकी छ ।

संक्रमित प्रहरी अधिकारीलाई कालिका सामुदायिक अस्पताल र क्वारेनडाँडा आइसोलेसनमा व्यवस्थापन गरिने प्रमुख शर्माले जानकारी दिए ।

स्याङ्जामा सोमबार प्रहरीबाहेक अरुमा कोरोना पुष्टि भएको छैन ।

योसहित जिल्लाभर संक्रमितको संख्या दुई सय २३ पुगेको छ ।

संक्रमितमध्ये एकसय ८८ जना निको भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको छ ।

आजमात्र गण्डकी प्रदेशमा कोरोना भाइरसका २२ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार