कांग्रेसले गर्यो पुर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निष्काशित ,राप्रपाका सुनील सहित ३१ जनाको जम्बो टोली कांग्रेस प्रवेश गर्दै

  झझल्को न्युज डेस्क  495 पटक हेरिएको

११ श्रावण,काठमाडौं ।
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरे सँगै राप्रपाका पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतको राजावादीहरुको जम्बो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरिरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामाको घोषण गरेका छन् ।

सुनिलले आफ्नो समूहसहित कांग्रेस छिर्ने तयारी गरिसकेका छन्। कांग्रेस प्रवेश गराउनका लागि सभापति शेरबहादुर पत्‍नी आरजु राणाले नै विशेष पहल गरेको स्रोतले जनाएको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई कारवाही गरी पार्टीबाट निष्काशन गरेको हो।

पूर्वमन्त्रीद्वय जोशी र ओझालाई ५र५ वर्षका लागि र नेता विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको केन्द्रीय विज्ञप्तिमा उल्लखे छ।

जोशी गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा बागी उम्मेदवार बनेका थिए।

त्यसैगरी कैलालीका महासमिति सदस्य ओझामाथि जिल्लामा सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई चुनाव हराउन भूमिका खेलेको आरोप छ।

विष्ट भने डडेलधुरा कांग्रेसका कार्यालय सचिव हुन्।

कारवाहीअघि अनुशासन समितिले तीनै जनासँग अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधेको थियो।

जवाफ चिक्तबुझ्दो नभएको भन्दैँ शनिवार कारवाही गरिएको जनाएको छ ।

यस्तै पुर्वपन्च एबम राजावादी भनेर चिनिएका पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायतको राजावादीहरुको जम्बो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा गरिरहेको छन् ।

उनीहरुले त्यही तयारी स्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामाको घोषण गरेका छन् ।

राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन् ।

जसमा राप्रपाका केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन् ।

राप्रपाले पार्टीका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाको उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीति परित्याग गरेर गणतन्त्रविरोधी नीति अवलम्बन गरेका कारण पार्टीबाट अलग भएको संयुक्त राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार