कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा कविता वाचन

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । लेखनाथको जन्मजयन्तीका अवसरमा काठमाडौं सिनामंगलस्थित त्रिमूर्ति निकेतनमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा श्रष्टाहरुले पौडेलको संम्झनामा कविता वाचन गरे । कार्यक्रममा सहभागीहरुले साहित्य र कला क्षेत्रमा लागेका मानिसहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका थिए । विक्रम सम्वत १९ सय ४१ पुस शुक्ल एकादशीका दिन जन्मिएका लेखनाथले दुई हजार आठ सालमा कवि शिरोमणिको उपाधि पाएका थिए । कवि लेखनाथका तरुण तपसी महाकाव्य, ऋतु विचार खण्डकाव्य लगायत दर्जनौं कृति प्रकाशित छन् । पिँजराको सुगा उनको सर्वाधिक लोकप्रिय कविता हो । लेखनाथ, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यका तीन तारा तथा त्रिमूर्ति पनि भन्ने गरिन्छ । कवि पौडेलको २ हजार २२ सालमा निधन भएको थियो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार