नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद : कांग्रेस नेता कोइराला

  झझल्को न्युज डेस्क  172 पटक हेरिएको

५ श्रावण,काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता देश र लोकतन्त्रका लागि नै दुःखद् भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्न नसकेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले ट्वीटमा लेखेका छन्, ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।’

नेकपाभित्र शक्ति संघर्ष चुलिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरूसँगको भेटवार्ता तिब्र रुपमा बढाएकी छन् । उनले पछिल्लो पटक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पटक पटक संयुक्त छलफल गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार