काठमाडौँ । बलिउडका चर्चित कलाकार ‘सलमान खान’ भारतमा सबैभन्दा धेरै कमाई गर्ने नायक बनेका छन् । अमेरिकन पत्रिका फोर्ब्सले निकालेको सुची अनुसार सन २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने नायकमा सलमान खान नम्बर १ मा रहेका छन् । फोर्ब्स का अनुसार यो बर्ष सलमानको आय २३२.८३ करोड रहेको छ ।
फर्ब्सकै अनुुसार फुटबल खेलाडी बार्सिलोनको स्पाइकर ‘लियोनल मेस्सी’ ल्याटिनो सेलिब्रेटीहरुमध्ये सबैभन्दा बढि कमाई गर्ने परेका छन् । फर्ब्सका अनुसार २०१७ मा उनले ८० मिलियन अमेरिकी डलर कमाएका हुन् । ल्याटिनो भन्नाले ल्याटिन अमेरिकीलाई भन्ने गरिन्छ ।
सलमान खानको भारु २३२ करोड ८३ लाख हो , र मेस्सीको ८० मिलियन अमेरीकी डलार हो । सलमान खानको अमेरीकी डलरमा रुपान्तरण गर्दा ३६.४६ मिलियन अमेरीकी डलर हुन जान्छ । यसले के देखाउछ भने मेस्सीको कमाइ सलमानको दुई गुणमा भन्दा पनि धेरै हुने देखिन्छ ।
सलमानको भन्दा मेस्सीको कमाई ४३.५४ मिलियन अमेरीकी डलरले बढी रहेको छ । सलमानले २ बर्षमा कमाउने रकम भन्दा नि बढी मेस्सीको १ बर्षको कमाई रहेको छ । हामीले फोर्ब्सका अनुसार बलिउडका सबैभन्दा बढि कमाउने सेलिब्रेटी र ल्याटिनो सेलिब्रेटी सबैभन्दा बढि कमाउनेको तुलना गरेको हौ ।