नेकपा विवाद : अब जे गर्छन राष्ट्रपतिले गर्छन !

  झझल्को सम्वाददाता  1413 पटक हेरिएको

४ साउन,काठमाडौँ ।
सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको पछिल्लो विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

पार्टी भित्रको विवाद बारे पटक पटक नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुले नेकपाको विवाद बारे मिलाउने बा फुटाउने दुवै राष्ट्रपतिको हातमा रहेको प्रष्ट दिखिएको छ ।

शनिबार दिउँसो तीन बजेदेखि साझ सात बजेसम्म बसेको सचिवालय बैठकमा पनि सहमति हुन नसकेपछि अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यस अघि जारी संसद अधिवेशन अन्त्य गर्ने निर्णयमा पनि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कहाँ पुगेपछि नेकपाको भविष्य राष्ट्रपतिको हातमा रहेको छ ।

नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिईरहेको छ ।

प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन् । उक्त विषयमा नेकपाभित्र देखिएको विवादले असार १० गतेबाट जारी स्थायी समिति बैठक १८ गतेयत बस्न सकेको छैन । विवादको छिनोफानो हुने आधार अहिलेसम्म भने देखिएको छैन।

त्यसैले राष्ट्रपति भण्डारीले वुद्धिमत्तापूर्ण तवरले चाल्ने कदमलेनै अब नेकपाको भविष्य निर्धारण गर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार