बजारमा खसीको माग बढेपछि तनहुँका किसानहरु व्यवसायिक बाख्रापालनतर्फ

तनहुँ । विगत १४ वर्षदेखि व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका तनहुँ व्यास ११ रानीगाउँका किसान व्यवसायिक बाख्रापालनमा आर्कषित भएका छन् । तरकारी खेतीभन्दा व्यवसायिक वाख्रापालनमा कम जनशक्ति लाग्ने भएकोले किसान गोविन्द पौडेल वाख्रापालनतर्फ आर्कषित भएका हुन् ।

वाख्रापलान व्यवसायबाट राम्रो आम्दानी हुने र वजार राम्रो भएकोले आफु व्यावसायिक वाख्रापालनमा लागेको किसान गोविन्द पौडेलको भनाई छ । उनले वाख्राको विउ र ब्याड समेत उत्पादन गर्दै आएका छन् । २०६९ सालमा २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका थिए । ५ बर्षका अन्तरालमा किसान पौडेलले अहिले आफ्नो गोठमा १ सय २० वटा बाख्रा पु¥याएका छन् । १ सय २० वाख्रालाई वढाएर २ सय वाख्रा वनाउने योजना पौडेलले छ ।

किसान पौडेलले बर्षेनी खर्च कटाएर ३ लाख भन्दा वढि आम्दानी गर्दै आएका छन् । बजारमा खसीको माग बढी भएकाले आफु बाख्रा पालन व्यवसायमा लागेको उनको भनाई छ । व्यवसायिकरुपमा कृषि पेशामा लागे यवाहरु विदेश पलायन हुन नपर्ने र स्वदेशमा केही गर्न सक्ने पौडेलले युवाहरुलाई सुझाव दिएका छन् । एउटै पेशामा निरन्तरता दिएर कृषि गर्ने हो भने नेपालमै भविष्य भएको कृषक पौडेलको अनुभव छ ।

किसान पौडेलले वाख्रालाई दिउसो गोठबाट फुकाएर चराउने गरेको उनले आफनो ५० रोपनी र थप ८० रोपनी जग्गा भाडामा लिएर वाख्रापालन गरेका हुन् । वाख्रालाई मकै चोकर ढुटो र लोकल दाना खुवाउने गरिएको छ । तनहुँमा पछिल्लो समयमा धेरै किसानहरु बाख्रापालन व्यवसायमा आर्कर्षित भएका छन् । बजारमा खसीको मासु बढी खपत हुने भएकाले तनहुँका ठूलो संख्याका किसान बाख्रापालन व्यवसायमा लागेका हुन । सरकारले व्यवसायिक बाख्रा पालनमा लाग्ने किसानलाई प्रोत्साहनका लागि अनुदान समेत दिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार