२ असार,पोखरा ।
अविरल बर्षासँगै गएको पहिरोले गएराती कास्कीको माछापुच्छ्रे गाउँपालिका , ८ खोराको मुखमा ३ जनाको मृत्यु भएको छ ।
पहिरोले स्थानिय प्रेमराज बिकको घर पुरिंदा उनका तीन जना नाति नातिनाको घताबास्थालामा नै मृत्यु भएको हो ।
सो पहिरोमा परेर प्रेमराज विकका नातिद्वय समिर विक, कुशल विक तथा नातिनी रेजिना विकको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
हालसम्म २ जनाको शव भेटिएको छ भने एक जनाको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
अहिले पहिरोमा परेर बेपत्ता बालकको स्थानिय बासिन्दा र प्रहरीहरु उनको खोजीमा लागिरहेका छन्।