यस्तो बन्दैछ २२ तलाको धरहरा, डिजाईन हेर्नुहोस्

काठमाडौं । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको धरहरा २२ तलाको बन्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले धरहरा बनाउने तयारी थालेको हो ।

प्राधिकरणले अब बन्ने धरहराको डिजाईन तयार पारिसकेको छ भने प्राधिकरणबाट निर्णय भने गरिसकेको छैन । प्राधिकरणका अनुसार अहिले भत्किएको धरहरा अहिलेकै अवस्थामा राख्ने र त्यसको नजिकै अर्को नयाँ धरहरा बनाउने तयारी भईरहको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बनाउन लागेको सो डिजाईनले धरहरालाई नै नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने देखिएको छ । अहिलेको हुलाक सेवा विभागको जग्गामा समेत बेसमेन्ट पार्किंङ बनाउने तयारी भईरहेको धरहराको २२ तलामा ५६ जना अटाउने खाली ठाउँ बनाईने भएको छ ।

२२ तलासम्म लिफ्टबाट जाने व्यवस्था मिलाउन लागिएको धरहरामा बैकल्पिक समयको लागि भर्याङको समेत व्यवस्था गरिने भएको छ । धरहरा चढ्नको लागि टिकट काटेर २ तलासम्म अन्डरग्राउण्डमा गएपछि २२ तला माथिसम्म लिफ्टबाट उकालो लागिनेछ । एक पटकमा सो लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार