अमिताभ बच्चन र उनका छोरा अभिशेकलाई कोरोना भाइरस संक्रमण

  झझल्को न्युज डेस्क  227 पटक हेरिएको

भारतीय बलिउड चलचित्रका अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिशेक बच्चनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार अभिशेकले ट्वीट गर्दै आफू र आफ्ना बुवालाई कोभिड–१९ संक्रमण भएको जानकारी गराएका हुन् ।

‘आज बिहानै दुबै बुवा र मलाई कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको छ’, उनले भनेका छन्, ‘यो अवस्थामा धैर्य गर्न र चिन्ता नलिन सबैमा अनुरोध गर्दछु ।’

संक्रमण पुष्टि भएसँगै दुबैलाई अस्पताल भर्ना गरिएको छ । यस्तै अहिले परिवारका सबै सदस्यको कोरोना परीक्षण भइरहेको छ ।

यसअघि अमिताभले आफूलाई कोरोना संक्रमण भएको ट्वीट गरेका थिए । उनले परिवारका अन्य सदस्यको नतिजा आउने क्रम रहेको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार