नेपालमा आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को सम्वाददाता  333 पटक हेरिएको

२५ जेठ,काठमाडौँ ।
नेपालमा आज थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ५३१ जना पुगेको छ।

तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८ हजार ६०५ जना छन्। उनीहरू सबै सङ्क्रमित हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार