पहिलो पटक नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को न्युज डेस्क  540 पटक हेरिएको

file photo

२२ असार, काठमाडौं ।
नेपालमा पहिलो पटक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।

वायुसेवा निगमले ‘उद्धार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो ।

क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो ।

तर होटल बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेको होटल स्रोतले बताएको छ।

संक्रमितहरूलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार