कांग्रेससँगको सामिप्यता देखाएर गुट तर्साउने धन्दा बन्द गर्न नेकपालाई गगन थापाको चेतावनी

  झझल्को सम्वाददाता  699 पटक हेरिएको

२१ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुट विवादमा एकले अर्कोलाई तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग मागेको र विभिन्न मन्त्रालय अफर गरेको भन्ने चर्चा चलिरहेका बेला युवा नेता थापाको यस्तो टिप्पणी आएको हो ।

‘जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन्,’

सामाजिक संजालमा थापाले लेखेका छन्, ‘यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’

जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन।यसमा हामी स्पष्ट…

Gepostet von Gagan Thapa am Sonntag, 5. Juli 2020

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार