फेसबुकमा लाइभ गरेर फेरि एक युवतीले गरिन आत्महत्या

  झझल्को सम्वाददाता  711 पटक हेरिएको

२१ असार,काठमाडौँ ।
चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर फेरि एक युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार ती युवतीले भरतपुरमा ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको बताए । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समय परि ती युवती सलको पासो लगाएर झुण्डिएकी इन्सपेक्टर भट्टले बताए ।

केही दिनअघि दाङमा पनि यस्तै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार