गोरखामा कोरोना संक्रमित ४४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु

मृत्यु हुनेको संख्या ३३ पुग्यो

  झझल्को सम्वाददाता  968 पटक हेरिएको

२० असार, गोरखा ।
गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । जिल्लाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

मृतक पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने नेपालमा ३३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार