अछाममा एकै दिन २०९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ५२१ पुग्यो

  झझल्को सम्वाददाता  576 पटक हेरिएको

१९ असार,अछाम ।
अछाममा एकै दिन थप २०९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार बिहान, दिउँसो र बेलुकी गरेर तीन चरणमा गरिएको परिक्षणको प्राप्त विवरण अनुसार आज एकै दिन २०९ जनाको सङ्ख्यामा सङ्क्रमित पुष्टि भएको हो ।

जिल्लाका विभिन्न स्थानबाट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण गरिएको थियो ।

सङ्क्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिकामा २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मङ्गलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा १९ जना, मेल्लेख गाउँपालिका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजारमा सात जना र पञ्चदेवल विनायक नगरपालिकामा छ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिएका छन् ।

उनले सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई सम्बन्धित स्थानीय तहमा निर्माण गरिएका आइसोलेसनमा राख्ने काम भइरहेको बताए ।

साथैँ उनले यदि कसैको स्वास्थ्यमा केही समस्या आएमा स्वास्थ्य मन्त्रालयले तोकेको विशेष कोरोना सङ्क्रमित अस्पतालमा लगेर उपचार गरिने बताइएका छन् ।

योसँगै अछाममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ सय २१ जना पुगेको छ ।

यस्तै अछाममा कोरोना सङ्क्रमित भएर उपचारपछि ४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ७९३ जनाको स्वाब परीक्षणको क्रममा रहेका छन् ।

अहिले सम्म भेटीएका कोराना सङ्क्रमित हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार