भारतको उत्तरप्रदेशमा अज्ञात समुहद्धारा ८ प्रहरीको गोली हानि हत्या

  एजेन्सी  161 पटक हेरिएको

भारतको उत्तरप्रदेश स्थित कानपुर जिल्लामा आठ प्रहरीको हत्या भएको छ ।

बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएका हुन् ।

केही प्रहरीहरु घाइते छन् । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ ।

लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो ।

यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।

प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको प्रहरीले जानकारी दिएको छ ।

कानपुरका राहुल तिवारीले विकास दुबेको विरुद्ध हत्याको प्रयास गरेको भन्दैँ मुद्धा दर्ता गरेको भारतीय मिडिया दैनिक भास्करले बताएको छ । त्यसपछि उनलाई पक्राउ गर्न पुलिस बिकारु गाउँ गएको थियो ।

पुलिसलाई रोक्न अपहरणकारीहरूले पहिले नै जेसीबी आदिको बाटो अवरुद्ध गरिसकेका थिए। प्रहरी पुग्ना साथ अचानक छतबाट गोलीबारी सुरु भयो।

मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरुविरुद्ध कारवाही चलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार