मेलम्ची खानेपानी वैशाखसम्म काठमाडौंमा पानी आउने


मेलम्ची । मेलम्ची आयोजनाको सुरुङ निर्माण अन्तर्गत अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ । आठ दशमलव दुई किलोमिटर सुरुङ खन्ने काम गएराति पुरा भएको हो । सुरुङ खन्ने काम सकिएको अवसरमा आयोजनाले आज निर्माणस्थलमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शहरी विकास मन्त्री, एसियाली विकास बैंकका प्रतिनिधि लगायत सहभागी हुँदैछन् । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङमार्ग अन्र्तगत अव ग्याल्थुम–सिन्धु सुरुङ अन्र्तगत पाँच सय मिटर सुरुङ मात्रै खन्न बाँकी रहेको छ । उक्त सुरुङपनि एक महिनाभित्र खनिसक्ने लक्ष्यका साथ काम भैरहेको बताइएको छ । यसअघि सुरुङ खनिसकेको ठाँउमा आयोजनाले फिनिसिङको काम पनि गरिरहेको छ । उक्त सुरुङमार्गको काम इटालीको कम्पनीले गरिरहेको छ । यसअघि चिनिया कम्पनीले सुरुङ खन्दाखन्दै विचमा काम छाडेर ठेक्का रद्द भएको थियो । मेलम्ची आयोजनाले आगामी नयाँबर्षभित्रमा काठमाडौंमा मेलम्चीको खानेपानी आइसक्ने दावि गर्दै आएको छ । मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा ल्याइ प्रशोधनपछि मात्रै वितरण गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार