बेंसीशहर । नेकपा (एमाले) का सचिव पृथ्वीसुब्बा गुरुङले सरकारी कामकाजमा गुरुङ भाषालाई प्राथमिकतामा ल्याइने जिकिर गरेका छन् ।
तमु ल्होसारका अवसरमा आज बेंसीशहरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य गुरुङले ४ नं प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन र तमु जातिको पहिचान रक्षाका लागि आफू लागिपर्ने बताए ।
नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर जातिको भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको नामकरण जातीय र भौगोलिक पक्ष दुवै मिलाएर गर्न सकिने बताए । लमजुङमा यही पुस १२ गतेदेखि विविध सांस्कृतिक कार्यक्रमका साथ तमु जातिले ल्होसार पर्व मनाइरहेको छ ।