प्रधानमन्त्री ओलीकै निर्देशनमा एमाले पार्टी दर्ता भयो ? : वामदेव गौतम

  झझल्को न्युज डेस्क  1438 पटक हेरिएको

१७ असार,काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढिरहेका बेला नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयले नेकपा स्थायी कमिटी बैठकमा खैलाबैला मच्चिएको थियो ।

बालुवाटारमा जारी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कस्को निर्देशनमा, किन दर्ता गर्न लागेको हो ? भन्ने प्रश्न गरेपछि बैठकको पूरै एजेण्डा यही विषयमा केन्द्रीत हुन पुग्यो।

बैठकमा नेकपाका शीर्ष नेता बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउन निवेदन दर्ता भएको आरोप लगाए।

बैठकमा बोल्दै गौतमले भने, प्रधानमन्त्रीकै निर्देशनमा नेकपा एमाले ब्युँताउन निवेदन दर्ता भएको हो। त्यसको प्रमाण पनि मसँग छ। अहिले यस्तो काम गर्ने बेला होइन। यो समय पार्टीलाई व्यवस्थित र सरकारलाई लोकप्रिय बनाउने हो। यी काममा प्रधानमन्त्री चुक्नुभयो।

बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीबाट आफूलाई नेकपा एमाले ब्युँताउन निवेदन तयार भएको सूचना प्राप्त भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार