एजेन्सी ।
भारतको एक अदालतले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ सम्बन्धविच्छेदको आधार भएको भनि अर्थ्याएपछि त्यसको चौतर्फी बिरोध भएको छ।
भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन नमान्नु भएको उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहने बताएको हो।
एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्छेदको याचिका दर्ता गरेका थिए। यसमा चीफ न्यायाधिस अजय लाम्बा र न्यायधिस सौमित्र सैकियाले श्रीमतीले सिन्दुर लगाउन अस्विकार गर्नुलाई एक प्रमाणको रुपमा माने ।
बेन्चले आफ्नो निर्णयमा भन्यो, ‘हिन्दु रितिरिवाजको हिसाबले विवाहित महिलाले यदि सिन्दुर लगाउदिनँ र चुरा लगाउँदिनन् भने उनी अविवाहित जस्तै देखिन्छिन् र यो प्रतिकात्मक रुपमा विवाहलाई अस्विकार गर्नु हो।
यस्तो गर्ने महिलाको उद्देश्य स्पष्ट हुन्छ कि उनी आफ्नो श्रीमानसँग आफ्नो वैवाहिक जीवन जारी राख्न चाहन्नन्।’
अदालतले यस्तो अवस्थामा श्रीमान् श्रीमतीसँग बस्नु महिलाद्वारा श्रीमान् र उनको परिवारलाई प्रताडना दिएको मानेको थियो।
अदालतको उक्त निर्णयले यतिबेला निकै चर्चा पाएको छ। उक्त निर्णयप्रति केही महिला अधिकारकर्मीले आपत्ति समेत जनाएका छन्।
त्यस्तै फ्यामिली कोर्टले पनि यो मामिलामा प्रमाणको मूल्याङ्कन सही दिशामा नगरी गल्ती गरेको अदालतले बताएको छ।
सन् २०१२ मा विवाह गरेका व्यक्तिले अदालतमा मुद्दा दर्ता गराएका थिए।
महिलाले घरेलु हिंसाको आरोप लगाएकी थिइन् भने श्रीमानले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए।