अनलाइन कक्षाको नाममा मनपरि गरेको भन्दै निजि शैक्षिक संस्थाविरुद्ध अखिल (क्रान्तिकारी)द्धारा चरणबद्ध आन्दोलनको घोषणा

  झझल्को सम्वाददाता  380 पटक हेरिएको

१६ असार,पोखरा ।
प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शुल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै निजि शैक्षिक संस्था विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।

अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रीय समन्वयन समितिका संयोजक बद्री अधिकारीले आज मंगलबार एक विज्ञप्ति गारि गर्दै चरणबद्ध आन्दोलनको घोषण गरेका छन् ।

संयोजन बद्री अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वयन समिति अन्र्तगतका कास्की, तनहु,स्याङजा,लम्जुङ,गोरखा र मनााङका सरोकारवाला निकायलाई पटक पटक बन्दाबन्दी अवस्थामा अनलाइन शिक्षाको नाममा शुल्क लिने, पाठ्यपुस्तक परिवर्तन गर्ने, विभिन्न,बाहानामा अभिभावकसंग महाङगो शुल्क लिने लगायतको कार्य तत्काल बन्द गर्न मौखिक ध्यानाकर्षण र ज्ञापन पत्र बुझाउदा समेत अटेर गरि गरि शुल्क जबरजस्ती बुझाउन दबाव सिर्जना गरेमा हाम्रो संगठनलाई जानकारी गर्न अपिल गर्दै शुल्क असुल गर्ने निर्ण विरुद्ध पहिलो चरणको सङघर्षको कार्यक्रम यसै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौँ, भनेका छन् ।

अखिल क्रान्तिकारीले ,२०७७ असार १८ गते ध्यानाकर्षण पत्र बुझाउने,असार २० गते अन्तरक्रिया गर्ने,असार २१ गते शुल्क असुली विरुद्ध अभिभावक सहित प्रदर्शन र कोण सभा गर्ने र असार २३ गते शुल्क असुल गर्ने विद्यालयमा कालो व्यानर प्रशासनमा तालाबन्दी गर्ने घोषण गरेको छ ।

विज्ञप्तिको पुर्णपाठ……

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार