बिचार युद्ध…..

  दिपेन्द्र बुढा  353 पटक हेरिएको

 

आज तिम्रा र मेरा बिचारहरु
शब्दै शब्दले आक्रोशित बनेका भाबनाहरु
कुरिरहेछन बहसको चर्को धुनमा
जनमानसपटलमा युद्धको संखनाध फुकेर

तिम्रा बिचारहरु सहरको झिलिमिली भित्र
डिस्कोबारका रङ्गिन प्रकाशमा ओझेल परेका
विभिन्न बिदेशी वाइनहरुमा मदुहोस बनेका
अनि पुजिवादको संरक्षककर्ता बन्दै आएका
ठिक बिपरित मेरा बिचारहरु
गाउघरको शुन्यता भित्र
गरिबिको बेरङ्ग जिबनको प्रकाशमा
ओझेलमा परेको गरिबको जिन्दगी
अनि जनताकै हितमा विश्व वैज्ञानिक
समाजबादको संरक्षककर्ता बन्दै आएको
आउ आज तिम्रा र मेरा विचारहरूको
प्रतिस्पर्धा गराउ अनि हेरौं

तिम्रो विचारले नारीको चरित्र नङ्गाई
आफ्नो पुरुषार्थको वर्णन गर्दै
यौवनको आवेग चढाउदै
नारीलाई तुच्छ सम्झिदै
आफूलाई मर्द साबित गर्छ
ठीक विपरीत मेरा विचारहरुले
सबैलाई सम्मानको साथ
प्रेमको परिभाषा दिँदै
नारीको अस्तित्वको वर्णन गर्दै
नारीको अधिकारको आवाजमा
बुलन्द छर्दै आएको

तिम्रो बिचार दलितलाई तल पारेर
आफूलाई मालिक साबित गर्छ
गरिबलाई गुलाम सम्झिन्छ
अनि धन दौलतको घमण्डमा
देश भन्दा पनि माथि आफूलाई सम्झिन्छ
ठीक विपरीत मेरा विचारहरू
दलितको आवाजलाई संसारभरि फिजाउने
गरिबी समाज उत्थान को वर्णन गर्दै
आफूलाई जनताको सेवक सम्झिदै
मेरो देश मेरो सर्वस्व ठान्दै
मेरो देश मेरो जिन्दगी सम्झिदै
देशको लागि त्याग र बलिदान
गर्न तयार भएको मेरो विचार

आज तिम्रा र मेरा बिचारहरु
शब्दै शब्दले आक्रोशित बनेका भाबनाहरु
कुरिरहेछन बहसको चर्को धुनमा
जनमानसपटलमा युद्धको संखनाध फुकेर
आउ आज तिम्रा र मेरा विचारहरू
एकआपसमा लडाउ
अनि हेरौं तिमी र म
तिम्रो विचारले जिते तिमी राज गरौला
मेरो विचारले जिते जनता राज गर्छन्

दिपेन्द्र बुढा
रुकुम पश्चिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार