नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन,सत्तारुढ दलमा खैलाबैला, पुर्व माओवादी केन्द्र तरङ्गित

  झझल्को सम्वाददाता  1998 पटक हेरिएको

१६ असार,काठमाडौँ ।
नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परे पछि नेकपामा खैलाबैला मच्चिएको छ ।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता कार्यकर्ताको संलग्नता रहे नरहेकोबारे आजको स्थायी कमिटीमा छलफल भएको बताए।

‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ। यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो ? भनि प्रश्न गरेका थिए।

जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।

आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।

यसअघि नेकपा का अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी शर्मा ओलिको नेतृत्वको सरकारले गरेको काम आम जनता त के आफ्नै नेता कार्यकर्तालाई समेत चित्त नबुझेको बताएका थिए ।

प्रधानमन्त्रीले यस्तै गरिरहने हो भने पार्टी विगठन हुने बताएका थिए । तर आज एमाले नामक पार्टी दर्ताको लागि निवेदन परेपछि नेकपा नै खैलावैला मच्चिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार