फेवातालमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु

  झझल्को सम्वाददाता  257 पटक हेरिएको

१४ असार,पोखरा ।
पोखराको फेवातालमा नुहाउने क्रममा एक जनाको ज्यान गएको छ । पोखरा स्थित लेकसाइडका दिलबहादुर लिगलको आईतबार पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

कास्की प्रहरीका प्रवक्ता सुवास हमालले दिएको जानकारी अनुसार लिगलको माछा मार्ने क्रममा डुवेर मुृत्यु भएको बताएका छनु ।

बल्छी ताल छेउ राखेर तालमा पौडी खेल्न हामफालेका उनी धेरैबेर पानी बाहिर नआएपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको उद्धार टोलीले २ घण्टाको प्रयासमा लिगलको शव फेला पारेको थियो । उनको शव पोष्टमार्टमका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तस्वीर ; सन्देश बराल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार