अछामको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु

  झझल्को सम्वाददाता  125 पटक हेरिएको

१४ असार,अछाम ।
अछाममा क्वारेन्टाइनमा बसेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका ५ स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असार १३ गते एक्‍कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगेको थियो।

आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए ।

उनका अनुसार मृतक पुरुष सुगरका बिरामी थिए । सुगर एक्‍कासी बढेपछि स्वास्थ्यमा समस्या आएको डाक्टर गौचनले बताए ।

मृत्युपछि उनीसँगै परिवारका अन्य २ जना कुरुवाको समेत स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको गौचनले जानकारी दिए ।

उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार