नेपालको नक्सा जारि गर्दा भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो : ओली

  झझल्को सम्वाददाता  837 पटक हेरिएको

१४ असार,काठमाडौ।
लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यो खेलमा नेपालका नेताहरु पनि लागेको उनले दाबी गरेका छन ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ‘।’

तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ ‘’ उनले भने, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

अघिल्लो पटक चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको र अहिले पनि त्यो खेल सुरु भएको उनले बताए। नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए। उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

भारतीय मिडिया, भारतमा भइरहेका वौद्धिक वहस हेर्दा भारतको राज्य संयन्त्र कसरी सक्रिय छ भन्ने देखिएको उनले बताए।

उनले आफु पदबाट हटेको दिन नेपालका लागि बोल्ने कोही नहुने बताए। उनले आफ्ना लागि नभएर देशका लागि पदमा बसेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार