भारतविरुद्ध लड्न चीनले आफ्ना सैनिकलाई मार्सल आर्ट सिकाउदैँ

  झझल्को सम्वाददाता  245 पटक हेरिएको

 

१४ असार,काठमाडौँ ।
चीनले आफ्ना सैनिकलाई मार्सल आर्ट प्रशिक्षक दिने भएको छ।

आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने घोषणा गरेको छ।

उक्त प्रशिक्षणको आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो।

सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन्।

त्यस्तै आत्मरक्षाका लागि चीनले आफ्ना सेनालाई मार्सल आर्ट प्रशिक्षण दिन लागेको हो।

केही दिनअघि भारत–चीन सेनाबीच सीमामा भएको भिडन्तमा पनि बन्दुक वा विष्फोटक पदार्थको प्रयोग भएको थिएन्।

हतियार प्रयोग नगरिएको भिडन्तमा पनि कम्तीमा २० भारतीय सैनिको ज्यान जानुका साथै ७६ जना घाइते भएका थिए।

हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार