एमसीसीविरुद्ध पोखरामा ११ दलको विरोध प्रदर्शन, संसदबाट कुनै पनि हालतमा पास नगर्न चेतावनी

  झझल्को संवाददाता  1545 पटक हेरिएको

१२ असार,पोखरा ।
राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज ११ दलले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।उक्त सम्झौता पारित भएर कार्यान्वयन भएमा नेपाल विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बन्ने ठहर गर्दै सम्झौता खारेजीको माग गर्दै ११ दलीय मोर्चाले आज पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका कास्की संयोजक भोजराज त्रिपाटी ,राष्ट्रिय जनमोर्चा कास्की जिल्ला अध्यक्ष रबिमोहन ढकाल ,नेकपा क्रान्तिकारी (माओवादी),गण्डकी प्रदेश इन्चार्ज केश बहादुर परियार लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

बक्ताहरुले एमसिसी परियोजना राष्ट्रघाती भएको भन्दै उक्त परियोजना लागु भएमा देश पराधिन बन्ने भएकोले उक्तपरियोजना संसदबाट पास नगर्न चेतावनी दिएका छन् ।केपी वली सरकारले संसद्बाट एमसीसी पारित गर्न खोजेपछि त्यसका विरुद्ध सिङ्गो जनमत विरोधमा उत्रिएको छ ।

साथै बक्ताहरुले एमसिसी परियोजना राष्ट्रघाती भएको भन्दै उक्त परियोजना लागु भएमा देश पराधिन बन्ने भएकोले उक्त परियोजना संसदबाट पास नगर्न चेतावनी दिएका छन् ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा .माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल,राष्ट्रिय जनजागरण परिषद् नेपाल, नेकपा (संयुक्त) र गुणराज लोहनी, संयोजक रहेको राष्ट्रिय जागरण मञ्च सहभागीसमेतको सहभागिता रहेको थियो ।

यसअघि मोर्चाको संयुक्त बैठकले नेपालमा एमसीसी लागू गर्नु राष्ट्रघाती कदम भएको भन्दै यसका विरुद्ध प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरे संगै गएको मंगलबार काठमाडौँको माईतीघर मण्डला लगाएत देशभर जनमास सहितको विरोध प्रदर्शन गरेको थियो । सोही अनुसार आज पोखरामा एमसीसी खारेजीको माग गर्दै एमसीसी विरुद्ध प्रदर्शन गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार