अछाममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

  झझल्को सम्वाददाता  1885 पटक हेरिएको

११ असार,अछाम ।
अछाममा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ। जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ लकान्द्राकि १८ बर्षिया मनिषा उखेडा सुत्केरी हुन नसक्दा उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

उनलाई स्थानीय स्वास्थ्य चैकिमा सुत्केरी गराउन सम्भव नदेखिएपछि विहिबार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रपती महिला उद्धार कार्यक्रम अन्र्तगतको हेलीकोप्टर मार्फत् उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगीएको तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनु भयो।

अध्यक्ष शर्माका अनुसार लामो समय सम्म सुत्केरी वेथा लागेपनि बच्चा जन्माउन नसकेपछि स्थानिय स्वास्थ्य चौकिले लामो सुत्केरी व्यथापछि पनि बच्चालाई जन्म दीन नसकेपछि उनलाई सुर्खेत रिफर गरीएको हो ।

गाउँपालिकामा हेलकिप्टर अवतरणको गर्न हेलीप्याड नहुँदा मकै बारीमा हेलिकप्टर आपतकालिन अवतरण गर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार