११ असार,काठमाडौँ ।
देशभरका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ वटा गाउँपालिकाको आ.व. ०७७ ७८ को नीति तथा कार्यक्रम र वजेट सार्वजनिक भएको छ ।
बिहीबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै देशभरका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ३ वटा गाउँपालिका ४ सय ३ अर्थात ८८ प्रतिशत गाउँपालिकाहरुले समयसीमा भित्र नै नीति तथा कार्यक्रम पेश गरेको जनाएको हो ।
संघिय सरकारका सात प्रदेशमध्य सुदुरपश्चिम प्रदेशका सबै ५४ गाउँपालिकाहरुले नै आ.वको नीति तथा कार्यक्रम पेश गरका छन् ।
यस्तै प्रदेश नम्बर १ का ८८ गाउँपालिकामध्य ८०, २ नम्बर प्रदेशका ५९ मध्य ४०, बाग्मति प्रदेशका ७४ मध्य ७०, गण्डकी प्रदेशका ५८ मध्या ५३ वटा गाउँपालिकाहरुले नीति तथा कार्यक्रम पेश गरेका छन ।
त्यस्तै ५ नम्बर प्रदेशका ७३ गाउपालिका मध्य ६८, कर्णाली प्रदेशका ५४ मध्य ३८ वटा गाउँपालिकाहरुले मात्र नीति तथा कार्यक्रम पेश गरेको गरेका छन् ।
विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणको अग्रपंत्तिमा रहेर कार्य गरिरहेको यो व्यस्त र चुनैतिपुर्ण समयका बीच पनि निर्धारित समयसीमा भित्र नीति तथा कार्यक्रम ल्याउने सबै गाउँपालिकाहरुलार्य महासंघले धन्यवाद समेत दिएको छ ।
यस्तै वाकी रहेका अन्य गाउँपालिकाहरुमा कतै जनप्रतिनिधिहरुको निधन भएको, नेतृत्व अस्वस्थ्य भई अस्पतालमा उपचारार्थ रहेका, कतै कोरोना संक्रमणका कारण पालिका नै सिल गर्नू परेको लगायतका कारणले निर्धारित समयमा नीति तथा कार्यक्रम पेश हुन नसकेको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आषाढ १० गते भित्र आगामी आ.व को नीति तथा कार्यक्रम र बजेट आफ्नो सम्बन्धीत सभामा पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।