कोराना संक्रमणबाट पोखरामा स्याङजाका दोश्रो व्यक्तिको मृत्यु

  झझल्को सम्वाददाता  653 पटक हेरिएको

११ असार,पोखरा ।
कोराना भाइरस (कोभिड १९) को संक्रमणबाट पोखरामा दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङजाको सिरुवारीका ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसियुको भन्टिलेटरमा राखि उपचाररत उनको हिजो राति ११ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको जनाएका छन् ।

यसअघि स्याङजाको वालिङका एक ६० वर्षिय पुरुषको सोही अस्पतालमा उपचारको क्रममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

यो सँगै गण्डकीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार