कोरोनाको उच्च जोखिम भएको भन्दैँ जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

  झझल्को सम्वाददाता  265 पटक हेरिएको

१० असार,सुर्खेत ।
कर्णाली प्रदेश जूम्लाको जिल्ला प्रशासन कार्यालयले जुम्ला सदरमुकाममा आज देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र  कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिए पछि संक्रमण फैलिन नदिन जिल्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

बुधबार जुम्लाका प्रमुख जिलला अधिकारी भुपेन्द्र थापाले एक सुचना जारि गर्दै आज बुधबार अर्थात असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताएका छन् ।

जिल्लाको चन्दननाथ नगरपालिकाको पुर्वमा दानसाँधु, पश्चिममा उमगाड,उयत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदी लगायतका चार किल्ला कायम गरि निषेधाज्ञा जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।

बुधबार बसेको कोभिड कमाण्ड नियान्त्रण समितिर जिल्ला सुरक्षा समितिको उच्च स्तरिय बैठकको निर्णय अनुसार सो निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार