थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, देशभर कोरोना संक्रमितको जम्मा संख्या १० हजार ७२८ पुग्यो

मुलुकभर २४ जनाको मृत्यु,निको भएर घर फर्किनेको संख्या जम्मा २ हजार ३३८

  झझल्को सम्वाददाता  387 पटक हेरिएको

१० असार,काठमाडौँ ।
नेपालमा आज थप ६ सय २९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरमा ६२९ जनामा कोरोना संक्रमणका विरामि पुष्टि भएको जनाएका हुन ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित मध्या ११० जना महिला र ५१९ जना पुरुष रहेको बताए ।यो संगै देशभर कोरोना संक्रमितको जम्मा संख्या १० हजार ७२८ पुगेको छ ।

यस्तै आजमात्र देशभर ११४ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले सम्म निको भएर घर फर्किनेको संख्या जम्मा २ हजार ३३८ पुगेको छ ।

आज बुधबार मात्र देशभर पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परिक्षण भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै अहिले सम्म पीसीआर परिक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ भने आरडिटि विधिबाट २ लाख ८३ हजार ५ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ ।

जसमा अहिले देशभरका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जनाको कोरोना उपचार भैरहेको छ । भने ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट मुलुकभर २४ जनाको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार