आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या १० हजार ९९ पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

  झझल्को सम्वाददाता  310 पटक हेरिएको

९ असार, काठमाडौं ।
नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो संगै संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार