‘कार्पेट फेर्नुको साटो क्वारेन्टाइनमा चुकुल फेरेको भए बलात्कार हुने थिएन’ : सांसद रंगमती शाही

  झझल्को सम्वाददाता  1788 पटक हेरिएको

९ असार, काठमाडौं ।
नेपाली कांग्रेसको तर्फबाट हुम्लाकी समानुपातिक सांसद रंगमती शाहीले सरकारले राष्टपति भवनमा कार्पेट फेर्नुको साटो क्वारेन्टाईनको चुकुल फेरेको भए महिला बलात्कार नहुने बताएकी छन् ।

मंगलबार संसदमा बोल्दैँ सांसद रंगमती शाहीले राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने पैसाले क्वारेन्टिनस्थलमा ढोकाको चुकुल फेरेको भए महिलाहरु बलात्कारको सिकार हुने थिएनन् भन्दै सरकारको आलोचना गरेकि हुन् । साथैँ प्रधानमन्त्री ओलीले कोरोना संक्रमतिको टाउको गनेर बसिरहेको शाहीले आरोप लगाएकी छन् ।

शाहीले कैलालिको लम्की स्थित शहिद स्कुलमा बनाएको  क्वारेन्टाइनमा तिन जना सुरक्षाकर्मि र स्वास्थ्यकर्मीले महिलामाथि गरेको सामुहिक बलात्कार घटनालाई चित्रण गदैँ यतिबेला रातो कार्पेट फेर्न भन्दा क्वारेन्टिनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन् । समयमा सीमामा स्वास्थ्य परीक्षण गरेर व्यवस्थापन गरिदिएको भए संक्रमति बढ्ने थिएनन् । क्वारेन्टिनको व्यवस्थापन र स्वास्थ्य परीक्षण बढाइदिएको भए आज मृत्युवरण गर्नुपर्ने थिएन ।

उनले भनिन् कोरोना भाइरसले पौष महिनामै खबर पठाएको थियो, म भाइरस हुँ भिसा चाहिँदैन, तयारी अवस्थामा बस्नू ।

तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी संगसंगै अरिंगाल पनि थिए । त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो । कमी थियो त एउटा ईच्छाशक्तिको कमी थियो ।

अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रा प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ ।टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ? प्रधानमन्त्रीज्यूलाई बेसार पकाएर‘खानु मै ठिक्क भएको उनले बताईन ।

जनताको ज्यान जोगाउन छाडेर सांसदलाई चार करोड दिएर सत्ता टिकाउनप्रति सरकारको ध्यान छ । यत्रो महामारीले विश्व हल्लिइरहेका बेला हाम्रो सरकारलाई झाडापखालाको मात्र महसुस भएको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार