कुकरसँग बच्चा खेल्दा न्यूर्योकमा आगलागी

अमेरिका । अमेरिकाको न्युयोर्क सिटीमा रहेको एक अपार्टमेन्टमा १२ जनाको ज्यान जाने गरी भएको आगलागी कुकरसँग खेल्दै गरेका बच्चाका कारण भएको बताइएको छ । कुकरसँग खेल्दै गरेको तीन वर्षिय बालकले गल्तीले आगो बालेको र त्यसपछि आगलागी भएको न्युयोर्क सिटीका अग्नि नियन्त्रण विभागका कमिसनर ड्यानिएल निग्रोले बताएका छन् । आगलागी भएपछि बच्चाकी आमा आफ्ना बच्चासहित बाहिर निस्कने क्रममा ढोका खुल्लै राखेकाले अपार्टमेन्टको हलवे हुँदै आगो फैलिएको उनले बताए । हलवेबाट अपार्टमेन्टभरि आगो फैलिएको र भर्याङ भएको क्षेत्रले चिम्नीको जस्तै काम गरेको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार गत बिहीबार बेलुका लागेको आगोका कारण चार बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो । यो पछिल्लो २५ वर्षमा न्युयोर्क सिटीमा भएको ठूलो आगलागीको घटना भएको मेयर बिल डि ब्लासिओले बताएका छन् । एक सय ७० जनाभन्दा बढी अग्निनियन्त्रकको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । घटनास्थलबाट ३० जना भन्दा बढीको उद्दार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार