मन्त्री फेरेर सरकार टिकाउने खेल खेल्दैँ प्रधानमन्त्री ओली

  पत्रपत्रिका  761 पटक हेरिएको

८ असार,काठमाडौँ ।
मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित उपाएको खोजिनेछ।

सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति हुनुलाई मानिएको छ। त्यसैगरी सरकारका राम्रा काममा समेत अपनत्व ग्रहण गर्न नसक्नु, सरकारका निर्णय विवादित हुनु जस्ता कारणले पार्टीभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठिरहेको छ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले निर्णय गर्दा पार्टीमा समेत समन्वय गर्ने प्रतिबद्धता गरेपनि उनले त्यसलाई वेवास्था गरेपछि पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको कार्यशैलीप्रति सहमत नभएको र उनको साथमा नरहेको समेत सचिवालय मार्फत जानकारी गराएका थिए। उपाध्यक्ष गौतमले ओली विरुद्ध शीर्ष नेताहरुले समयक्रममा बोल्ने समेत संकेत गरेपछि सरकार टिकाउनअसन्तुष्ट नेताहरुलाई समेट्ने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेदेखि मूख्यमन्त्रीहरु परिवर्तनगर्ने सम्मको योजना अघि सारेका छन्।

स्थायी कमिटी बैठक फलामको च्युरा हुने अनुमान गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठन लगायतका प्रस्ताव अघि सारेर सरकारलाई अझ मजबुतबनाउने कोसिस गरिरहेका छन्।

स्थायी कमिटीका २० सदस्यहरुले यसअघि नै बैठक माग गरेका थिए। बैठक टार्दै आएका ओलीले अबको बैठक कसरी सामाना गर्न सकिन्छ भनेर आफू निकट नेताहरुसँग दिनदिनै छलफल गरेका छन्।

१० बैशाखमै २० जना स्थायी कमिटी सदस्यहरुले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउदै बैठक माग गरेका थिए। अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल,बेदुराम भुषाल भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले बैठकको माग गरेका थिए। उनीहरु अहिले स्थायी कमिटी बैठकबारे छुट्टै छलफल गरिरहेका छन्। ओली पक्षका नेताहरुले बैठकबारे तयारी गरिरहेका बेला बैठकको माग गरिरहेका नेताहरुले पनि आफ्नो तयारी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार