सीमा समस्या शान्तिपूर्ण तवरले समाधान गर्न चिन र भारतलाई नेपालको सुझाव

  झझल्को सम्वाददाता  185 पटक हेरिएको

६ असार, काठमाडौँ ।
नेपालले दुई छिमेकी राष्ट्र भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह विज्ञप्ति जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा भएको भिडन्तपछि उब्जिएको समस्या शान्तिपूर्ण तवरले समाधान गर्न सुझाव दिएको हो ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

नेपालले दुई मित्रवत छिमेकीहरु समस्या समाधानमा समक्ष रहने समेत विश्वास व्यक्त गरेको छ ।

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो ।झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। भने १० जनालाई सकुशल रिहा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार