विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

  झझल्को सम्वाददाता  223 पटक हेरिएको

६ असार,काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिर अंगिकृत नागरिकता दिनेुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै श्रेष्ठले जानकारी दिए अनुसार विहे गरी आउने विदेशी महिलाको हकमा सात वर्ष नेपालमा बसोबास गरेपछि अंगीकृत नागरिकता दिने व्यवस्था गरी विधेयक अगाडी बढाउने निर्णय भएको छ।

नागरिकता पाउनका लागि अर्को देशको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई त्याग्न प्रकृया चलाएको प्रमाण पेश गर्नु पर्ने गरी व्यवस्था गर्ने निर्णयमा सहमति भएको श्रेष्ठले जानकारी दिए।

उनीहरुले विवाह गरेर आएको दिनदेखिनै सामाजकि र आर्थिक अधिकार प्राप्त गर्ने गरी आवसीय प्रमाण पत्र दिन कुरा भने विध्येकमा सर्वसम्मत नै रहेको श्रेष्ठको भनाइ छ ।

त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपयुक्त हुन्छ, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार