सरकारविरुद्ध सडकमा सुतेर युवाहरुले गरे प्रदर्शन (हेर्नुहोस् तस्वीर)

  झझल्को न्युज डेस्क  870 पटक हेरिएको

६ असार, काठमाडौं ।
काठमाडौंको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन्।

सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।

सरकारले जनताका पीडा नबुझेको, कोरोना संकटमासमेत सरकार भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारका ठूलठूला तथ्य सार्वजनिक गर्दा पनि सरकार चुपचाप बसेको, आरडीटी मात्र परीक्षण गरेर जनतालाई क्वारेन्टाइनमै ज्यान गुमाउन बाध्य बनाएर सरकार चुपचाप बसेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन्।

सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए ।

युवाहरुले प्लेकार्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारबारे दिएको अभिव्यक्तिलाई व्यङ्य गर्दै बेसार प्यार, काम कहिले सरकार ? भन्दै प्रदर्शनमा गरेका थिए ।

हेर्नुहोस् तस्वीर :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार