आज ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको जम्मा संख्या ७ हजार १७७ जना पुग्यो

  झझल्को सम्वाददाता  259 पटक हेरिएको

 


३ असार, काठमाडौं ।
नेपालमा थप ५८६ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन्।

अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो। बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

अहिले सम्म नेपालमा कोरोनाको संक्रमण ७३ जिल्लामा फैलिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार